‘पिर्के सलामी’ ले विवादमा तानिइन् रामकुमार झाँक्री, सामाजिक सञ्जालमा विरोध « Khabarhub

‘पिर्के सलामी’ ले विवादमा तानिइन् रामकुमार झाँक्री, सामाजिक सञ्जालमा विरोध


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री रामकुमारी झाँक्री यतिबेला विवादमा तानिएकी छिन् । केही हप्तायता आफ्नो गृहजिल्ला गुल्मीमा रहेकी झाँक्री यतिबेला ‘पिर्के सलामी’ का कारण विवादमा तानिएकी हुन् ।

आफू सत्ताबाहिर हुँदा अरुको सलामीप्रति कटाक्ष गर्ने झाँक्रीले आफू मन्त्री हुँदा सलामी खाएको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।

गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट दहस्थित ईलाका प्रहरी कार्यालय परिसरमा सलामी लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिवसमेत रहेकी झाँक्री गुल्मीका विभिन्न स्थानमा पुगेर आफ्नो पकड बढाउने प्रयास गरिरहेकी छिन् ।

यो क्षेत्र नेकपा एमालेका सचिव गोकर्ण विष्टको पनि निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट उठ्ने सोच बनाएकी झाँक्रीले पिर्के सलामी लिएको भन्दै विरोध जनाएका छन् ।

झाँक्री चुनावी माहोल बनाउने याेजनासहित गुल्मी पुगेकी हुन् ।

चार वर्षअघि चुनावी अभियानकै क्रममा झाँक्रीले पुर्कोट दहका कांग्रेस निकट एक स्थानीय शिक्षकलाई थर्काएकी थिइन् । त्यतिबेला पनि उनको व्यापक विरोध भएको थियो । उनले त्यतिबेला स्थानीय शिक्षक बोमबहादुर कुँवरलाई फोनमा थर्काउँदै खुट्टा भाँच्ने धम्की दिएकी थिइन् ।

चुनावका बेला आफ्नो चरित्र हत्या गर्ने गरी कुँवरले सामाजिक सञ्जालमा स्टाटसहरु लेखेको भन्दै उनी कुँवरमाथि खनिएकी थिइन् ।

यतिबेला सोही ठाउँमा पुगेर उनी फेरि विवादमा तानिएकी हुन् । पुर्कोट दह उनले बाल्यकाल बिताएको ठाउँ पनि हो । उनले पुर्कोट दहकै श्री पृथ्वी उच्च माध्यमिक विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरेकी थिइन् ।

आफ्नो गाउँमा आएका बेला प्रहरीले उनलाई पिर्के सलामी गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा झाँक्रीको व्यापक विरोध भएको छ ।

कतिपय स्थानीयले भने झाँक्री यस क्षेत्रको गौरव भएको भन्दै उनले खाएको सलामीलाई सामान्य लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत भानुभक्त आचार्यले रामकुमारी झाँक्रीले पिर्के सलामी लिएको विषयमा असहमति जनाएका छन् ।

‘विपक्षी हुँदा जे हुन्न भन्यो, सत्तामा पुगेपछि त्यही दोहोर्‍यायो । राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जे आए पनि हामी बदलिएका छौँ र?,’ उनले लेखेका छन् ।

सलामीले किन विरोध भइरहेको छ झाँक्रीको ?

झाँक्री आफू मन्त्री हुनुभन्दा पहिले अरुले सलामी लिँदा विरोध जनाएकी थिइन् । यतिसम्म कि, उनले आफ्नै पार्टीका नेताहरुले सलामी खाएको यो कदमको विरोध जनाएकी थिइन् ।

अहिले आफैले सलामी लिएको तस्वीर सार्वजनिक भएपछि उनको चौतर्फी विरोध भएको हो ।

दुई वर्षअघि झाँक्रीले नेकपा एमालेका नेताहरुले सलामी खाएको भन्दै विरोध गरेकी थिइन् । विरोध जनाएको एउटा ट्वीट भने उनले हटाइसकेकी छिन् ।

अहिले आफू मन्त्री भइसकेपछि सलामी खाएपछि उनको स्वभाविक विरोध भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : ५१ बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति