डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने « Khabarhub

डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ ।

ठूलीभेरी नगरपालिका त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी नगरपालिका-७ जुफालस्थित टावर १२ घण्टा बन्द हुने गर्दछ ।

घाम लाग्ने समयभित्र मात्र टावरले काम गर्ने र अन्य समय टावर बन्द हुने गरेको ठूलीभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए । टावर सञ्चालन गर्न राखिएका सोलारले काम नगर्दा घाम लाग्ने समयमा मात्र टावर सञ्चालनमा रहने  कठायतले जानकारी दिए ।

दुनैमा रहेको जैरीगाड जलविद्युत आयोजनामा प्राविधिक समस्या आएर बन्द भएपछि विद्युत आपूर्ति बन्द भएसँगै त्यसको मारमा टेलिफोन टावर पनि परेको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।

आकाश हैर्दै फोनको प्रतीक्षा

जुफाल टावरबाट उपलब्ध फोन सेवा लिन सर्वसाधारणहरू हिजोआज आकाश हेर्न बाध्य भएका छन् ।

ब्याट्री ब्याकअपको अभावमा प्रत्येक दिन बिहान बेलुकीनै टावर जाने गरेपछि सर्वसाधारणहरू आकाश हेर्न बाध्य भएका हुन् । बिहान घाम लागेर छिप्पिएपछि मात्र टावर आउने भएकाले फोनमा कुरा गर्न सबैभन्दा पहिला आकाशमा बादल छ कि छैन भनेर हेर्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय रमानन्द उपाध्यायको भनाइ छ ।

‘आकाशमा बादल भएमा टावर आउँदैन्, ब्याट्री चार्ज नहुने भएकाले टावर जाने गरेको हो, जनताले यस्तो असुविधा भोग्दा पनि कसैले वास्ता गरेका छैनन्’, उनले भने, ‘हिजोआज सर्वसाधारणहरू फोनमा कुरा गर्न पनि बिहानै उठेर आकाश हेर्छन्, अनिमात्र फोनमा कुरा गर्न पाउने कुरामा ढुक्क हुन्छन् ।’

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ३२ बजे

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा