हिउँमा फसेका बाबुछोरा ६ दिनमा गाउँ फर्किए « Khabarhub

हिउँमा फसेका बाबुछोरा ६ दिनमा गाउँ फर्किए


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा सोमबार घर आइपुगेका छन् । हिउँ कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन्।

५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ गत बुधबारदेखि हिउँमा फसेको थिए । चौंरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडार बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर गएको भए पनि उनीहरु बसेको स्थान पहिचान गर्न नसकेपछि रित्तै फर्किएको थियो ।

हिउँ पर्न छाडेको र परेको हिउँ पनि पग्लदै गएपछि उनीहरु सोमबार दिउँसो गाउँ पुग्न सफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था समन्य रहेको पाण्डेले जानकारी दिए ।

समुद्रीसतहबाट चार हजार मिटर उचाईमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ०० बजे

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा