नेप्से परिसूचक ३२ अङ्कले बढ्यो « Khabarhub

नेप्से परिसूचक ३२ अङ्कले बढ्यो


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३२ अङ्क बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३२.०३ अङ्कले वृद्धि भई दुई हजार ६१६.९४ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकक ५.८६ अङ्कले बढेर ४८७.८७ मा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज उत्पादन उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । उत्पादन २.२६ अङ्कले ओरालो लाग्दा बैंकिङ २५.४०, विकास बैंक ७३.२८, वित्त ४२.८१, होटल तथा पर्यटन २३.३८, जलविद्युत् १०.११, लगानी १.४८, जीवन बीमा ९३.८८, लघुवित्त १४५.१५, सामूहिक लगानी कोष ०.१८, निर्जीवन बीमा ६१.३८, अन्य ३।२९ र व्यापार १८६.५४ अङ्कले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ४४ लाख ७० हजार ५७० बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु १८ करोड २९ लाख ९३ हजार ६५६, शिवम् सिमेन्ट रु १६ करोड २६ लाख ५२ हजार ९३१, नविल बैंक रु १४ करोड ९३ लाख ६३ हजार २८२ र नेपाल बंगलादेश बैंक रु १२ करोड ४८ लाख ९४ हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मध्य भोटेकोशी १०, गुराँस लघुवित्त ९.४५, एनआइसी एशिया लघुवित्त ८.३८, साल्ट टे«डिङ कर्पोरेशन ८.१४ र फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ७.८३ प्रतिशतले कमाए । यस्तै, रुरु जलविद्युत् परियोजना २.५९, नेपाल बंगलादेश बैंक २.४५, कालिका पावर कम्पनी २.३२, लुम्बिनी जनरल इन्स्योरेन्स २.१२ र युनाइटेड इन्स्योरेन्सका लगानीकिर्ताले २.०३ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख ८१ हजार २३ बराबर पुगेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ४५ बजे

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनित (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्

एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको

यु–१९ एसिया कप : नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा आज नेपाल