पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठ्यारोमा पुग्यो : ओली (भिडियो) « Khabarhub

पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठ्यारोमा पुग्यो : ओली (भिडियो)


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका छन्।

नेपाल जनसांस्कृतिक महासंघको ३५औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा बिकास योजना अवरुद्ध भएको, बैंकहरु रित्तिएको र राज्यको ढुकुटीमा समस्या आएको आरोप लगाउँदै सम्रग मुलुक अप्ठेरो अवस्थामा पुगेको टिप्पणी गरे।

अध्यक्ष ओलीले मुलुकमा एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको लहर ल्याएकाले नियोजित ढंगले आफूलाई सरकारबाट हटाइएको जिकिर गरे।

कार्यक्रममा अध्यक्ष ओलीले ६४ प्रतिशत मत भएको कम्युनिष्ट सरकार ढालेर विपक्षीको सरकार बनाउने माओवादीले समाजवादको कुरा गर्न नसुहाउने धारणा राखे। माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन झुटको पुस्तक भएको उनले टिप्पणी गरे । उनले गठबन्धनको साझा कार्यक्रमको कुनै अर्थ नभएको बताए । आफूलाई वामपन्थी नभएर रामपन्थी भनेको प्रति ओलीले नेकपाबाट छुट्टिएका केही व्यक्तिले मार्क्सवाद नै नबुझेको उल्लेख गरे ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ०० बजे

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने