प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धरान आउँदै « Khabarhub

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि धरान आउँदै


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान आउने भएका छन् । उनी मङ्गलबार बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले धरान २ स्थित नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम छ ।

बसपार्क अवलोकन पश्चात प्रधानमन्त्री देउवाले धरान १२ मा निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्रांगणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मेयर सचिवालयले जनाएको छ ।

यसैगरी धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले मंगलबार धरानमा सार्वजनिक विदा दिएको छ । गत पुष १४ गते बसेको कार्यपालिका बैठकले पुष २० गते “धरान डे”को अवसरमा धरान क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । धरानमा पुष २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ४० बजे

कांग्रेस सहमहामन्त्री रामहरिले १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी