माछा किन्दा सीडीओ ठगिएपछि... | Khabarhub Khabarhub

माछा किन्दा सीडीओ ठगिएपछि…


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

सीडीओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरी सीडीओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

सीडीओ तामाङले माछाको मूल्य बढी लिएको भन्दै आफ्नो पदीय मर्यादा विपरित चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङमाथि आइतबार दुर्व्यवहार गरेको व्यवसायीको आरोप छ ।

नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरि सीडीओले प्रहरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अपशब्द प्रयोग गर्दै गालीगलोज गरेको बताएको छ । सीडीओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुर्व्यवहार गरी माछा राखेको डिप फ्रिजमा तालासमेत लगाएको व्यवसायी लुलाराजले बताएका छन् ।

व्यवसायीका अनुसार सीडीओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममा पुगेका थिए ।

पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएपछि लुलाराजले नै सीडीओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी बिक्री गरे । त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल आए । बेलुकी ५ बजेपछि सीडीओ तामाङ पत्नी र सहायक सीडीओ पनि पत्नीसहित उनको पसलमा पुगे ।

‘तँ होइन बढी पैसा लिएर माछा बेच्ने । तँ कालाबजारी गर्ने भन्दै अपशब्द बोल्दै गाली गलौज गर्नुभयो’, उनले भने, ‘आफू सीडीओ भएको र आफू प्रशासन भएको भन्दै तथानाम गाली गर्नुभयो’, आफूमाथि हातपात भने नभएको उनले बताए ।

घटनापछि सोमबार सहायक सीडीओ चिरञ्जिवी शर्मासँगको छलफलबाट सकारात्मक परिणाम ननिस्किएको खगेन्द्र सुवेदीले बताए ।

प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले कालोबजारी गरेको सीडीओ तामाङको भनाइ छ । ‘मैले पुस ९ गते पनि फार्मबाट माछा ल्याएको सात किलो । प्रतिकेजी २४० मा । हिजो पनि माछा लिन गएछन् । एउटा फार्मले चाँहि २४० मा पसलेको नाममा बिल बनायो । त्यहिँ पसलेले फेरि ३०० लिएछ । म ठगिएँ’, उनले भने ।

व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिएकाले कालोबजारीमा मुद्दा चलाएर कारबाही गर्ने उनले बताए । फार्मले प्रतिकेजी २४० मा पसलेलाई माछा बिक्री गरेको बील आफूसँग रहेको उनको भनाइ छ । बेलुका पसलमा चाँहि पसलेसँग माछाको बिल लिन गएको उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ५५ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा