आज केही ठाउँमा पानी पर्ने : शुक्रबार भारी वर्षा « Khabarhub

आज केही ठाउँमा पानी पर्ने : शुक्रबार भारी वर्षा


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबारदेखि पानी र हिउँ पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका छन्। रातिदेखि पश्चिमी वायु सक्रिय भएकाले आजदेखि पानी पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका हुन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

यस्तै राति देशका धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

बिहीबारको तुलनामा शु्क्रबार पानी र हिउँ पर्नेक्रम बढ्नेछ। शुक्रबार दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी तथा लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै शुक्रबार राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबारदेखि भने यो प्रणालीको प्रभाव कम हुँदै गएर मौसम विस्तारै खुल्न थाल्ने मौसमविद्ले बताएका छन्। पानी र हिउँ परेर चिसो बढ्ने भएकाले ख्याल गर्न पनि उनीहरुले सुझाव दिएका छन्।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : ३१ बजे

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु