यी हुन् ९ वर्षे अर्ब पती जो आफ्नै निजी जेटमा भ्रमण गर्छन्, सुपर कारमा हिँड्छन् « Khabarhub

यी हुन् ९ वर्षे अर्ब पती जो आफ्नै निजी जेटमा भ्रमण गर्छन्, सुपर कारमा हिँड्छन्


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

९ वर्षको उमेरमा सामान्य बालबालिकासँग के हुन्छ ? केहि खेलौना, किताब र कपडा । त्यो भन्दा बढी यी उमेरका बालबालिकासङ अरू केही खास हुँदैन । अझ ९ वर्षका उमेरका बालबालिकालाई सामान्यता अर्ब भनेको कति हो भनेर समेत थाहा हुँदैन । तर एक ९ बर्से बालक भने अर्बैका मालिक मानिन्छन् । ऊनीसँग कार, भवन मात्र होइन जेट पनि छ ।

नाइजेरियाका यी ९ बर्से बालक सम्पन्न जीवन बिताउँछन् । विश्वका कम उमेरका अरबपतिमा यी बालक पनि गनिन्छन् । मोहम्मद अवल मुस्तफा उर्फ मोम्फा जूनियर धनाढ्य जीवन व्यक्तित गर्दै आएका छन् । उनी ६ वर्षको उमेरदेखि नै आफ्नो भव्य भवनमा बस्दै आएका छन् ।

मोम्फा एक निजी जेटमा विश्व भ्रमण गर्छन् । उनका कैयौँ भव्य महलहरू छन् । साथै विभिन्न ब्राण्डका सुपरकार पनि छन् । नाइजेरियाको लागोस निवासी मोम्फा जूनियर अरबपति नाइजीरियाई इन्टरनेट सेलिब्रिटी इस्माइलिया मुस्तफा, मोहम्मद अवल मुस्तफाका छोरा हुन् । युवा प्रभावशाली मोम्फासंग आफ्नो इन्स्टाग्राम अकाउन्टमा हजारौँ फलोअर्स छन् । जहाँ उनी आफ्नो भव्य जीवनशैलीका तस्बिर पोस्ट गर्छन् । मोम्फा वर्साचे र गुच्ची जस्ता ब्राण्डसहित स्टाइलिश र डिजाइनर कपडा लगाउँछन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : ४३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी