पुल बनेपछि स्थानीयमा खुशियाली « Khabarhub

पुल बनेपछि स्थानीयमा खुशियाली


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासी पूर्णिमा सुनारले बताए । हिउँदको समयमा समस्या नभए पनि वर्षात्को समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उनको भनाइ छ । पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा र खजुरा बजार आवत–जावत गर्न अब धेरै सजिलो भएको छ ।

खजुरा–७ सिन्दुरेस्थित जेठी नालामा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

पुल बनेपछि स्थानीयवासीले गाउँपालिका सरकारको अनुभूति गर्न पाएको खजुरा–७ का अध्यक्ष अतिउल्ला खानले बताए । उपभोक्ता समितिमार्फत रु २८ लाख ३४ हजार ६०७ लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ८ : १५ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख