बैतडीको हवाई सेवा एक महिनादेखि बन्द « Khabarhub

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लाको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।

नियमित रुपमा उडान हुने गरेकामा हाल यात्रु नपाउँदा बन्द रहेको नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए । उनले भने, ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिएको छ ।’

मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ । अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको छ । उनले भने, ‘दैनिक ५-७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन्, १४-१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ ।’

वि स २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : ३५ बजे

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं– १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत