मेचीनगरका विद्यालयमा गोर्खा फन्डले कम्प्युटर ल्याब बनाइदिने « Khabarhub

मेचीनगरका विद्यालयमा गोर्खा फन्डले कम्प्युटर ल्याब बनाइदिने


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका छन्।

मेचीनगरको वडा नं १० काँकडभिट्टा निवासी उहाँ ब्रिटीश गोर्खा सेनाबाट निवृत्त भई हाल बेलायतमा बसोबास गर्छन्। उनी बेलायतमा रहेर गठन गर्नुभएको गोर्खा मेमोरियल फन्डको अध्यक्ष छन् । बेलायतमा नगरको पूर्वकाउन्सिल पदमा निर्वाचित हुने उनी पहिलो नेपाली हो ।

हाल नेपाल भ्रमणमा आउनुभएका उहाँले काँकडभिट्टामा गोर्खा मेमोरियल फाउन्डेसन नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मेचीनगरका सरकारी विद्यालयमा कम्प्युटर शिक्षालाई सहज बनाउन कम्प्युटर ल्याब स्थापनामा सहयोग गर्ने घोषणा गरेका हुन् ।

सन् २०२४ देखि मेचीनगरका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिने परियोजना सुरु हुने र यसका लागि तयारी भइरहेको उनले जानकारी दिए। मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच उहाँकै पहलमा भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।

चार वर्षअघि उनकै पहलमा फन्डले काँकडभिट्टा उच्च माध्यमिक विद्यालयलाई रु २७ लाखको लागतमा ३१ आधुनिक कम्प्युटर र सीसीटीभी सहयोग गरेर कम्प्युटर ल्याब स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ११ : २० बजे

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु