लमजुङका सात स्थानीय तहलाई दुई करोड ९० लाख विद्युत रोयल्टी « Khabarhub

लमजुङका सात स्थानीय तहलाई दुई करोड ९० लाख विद्युत रोयल्टी


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका सात स्थानीय तहले आर्थिक वर्ष ०७७/०७८ को जलविद्युत रोयल्टीबापतको रकम पाएका छन् । सात पालिकाले आर्थिक वर्ष ०७७/०७८ को दुई करोड ९० लाख ९६ हजार रुपैयाँ रोयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्षमा सवैभन्दा धेरै विद्युत रोयल्टी मर्स्याङ्दी गाउँपालिकाले पाएको जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकाले एक करोड ४९ लाख २१ हजार १ सय १६ रुपैया ८ पैसा विद्युत रोयल्टी पाएको छ । जिल्लाको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले ७१ लाख ९३ हजार ८ सय ८१ रुपैयाँ ३८ पैसा, सुन्दरवजार नगरपालिकाले ३९ लाख २१ हजार एकसय ७४ रुपैयाँ ३३ पैसा, दोर्दी गाउँपालिकाले १४ लाख २५ हजार एकसय ६३ रुपैयाँ ९६ पैसा र क्व्होलासोँथार गाउँपालिकाले ८ लाख ९ हजार ४ सय २२ रुपैयाँ ११ पैसा पाएको छ ।

राइनास नगरपालिकाले पाँच लाख ६३ हजार ८ सय ७२ रुपैया २७ पैसा पाएको छ भने विद्युत रोयल्टी प्राप्त गर्ने पालिकामध्ये मध्यनेपाल नगरपालिकाले सबैभन्दा कम दुई लाख ६१ हजार ५ सय ४३ रुपैया ११ पैसा पाएको छ । देशभरका एक सय २० वटा पालिकाले जलविद्युत रोयल्टीबापत ७० करोड ६७ लाख १७ हजार पाएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार रुपैयाँ पाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १२ : ४५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय