लमजुङका सात स्थानीय तहलाई दुई करोड ९० लाख विद्युत रोयल्टी « Khabarhub

लमजुङका सात स्थानीय तहलाई दुई करोड ९० लाख विद्युत रोयल्टी


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङका सात स्थानीय तहले आर्थिक वर्ष ०७७/०७८ को जलविद्युत रोयल्टीबापतको रकम पाएका छन् । सात पालिकाले आर्थिक वर्ष ०७७/०७८ को दुई करोड ९० लाख ९६ हजार रुपैयाँ रोयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्षमा सवैभन्दा धेरै विद्युत रोयल्टी मर्स्याङ्दी गाउँपालिकाले पाएको जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकाले एक करोड ४९ लाख २१ हजार १ सय १६ रुपैया ८ पैसा विद्युत रोयल्टी पाएको छ । जिल्लाको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले ७१ लाख ९३ हजार ८ सय ८१ रुपैयाँ ३८ पैसा, सुन्दरवजार नगरपालिकाले ३९ लाख २१ हजार एकसय ७४ रुपैयाँ ३३ पैसा, दोर्दी गाउँपालिकाले १४ लाख २५ हजार एकसय ६३ रुपैयाँ ९६ पैसा र क्व्होलासोँथार गाउँपालिकाले ८ लाख ९ हजार ४ सय २२ रुपैयाँ ११ पैसा पाएको छ ।

राइनास नगरपालिकाले पाँच लाख ६३ हजार ८ सय ७२ रुपैया २७ पैसा पाएको छ भने विद्युत रोयल्टी प्राप्त गर्ने पालिकामध्ये मध्यनेपाल नगरपालिकाले सबैभन्दा कम दुई लाख ६१ हजार ५ सय ४३ रुपैया ११ पैसा पाएको छ । देशभरका एक सय २० वटा पालिकाले जलविद्युत रोयल्टीबापत ७० करोड ६७ लाख १७ हजार पाएका छन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार रुपैयाँ पाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १२ : ४५ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन