हनी सिंहविरुद्ध अश्लीलता फैलाएको उजुरी « Khabarhub

हनी सिंहविरुद्ध अश्लीलता फैलाएको उजुरी


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)–भारतीय र्‍यापर हनी सिहंमाथि गीतमार्फत अश्लीलता फैलाएको उजुरी परेको छ । महाराष्ट्रको नागपुरस्थित एक जिल्ला अदालतले उनलाई आफ्नो भ्वाइस सेम्पल दिन भनेको छ ।

अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो । हनी माथि गीतका माध्यमबाट अश्लीलता फैलाएको आरोप लागेको छ ।

जिल्ला र अतिरिक्त सत्र न्यायाधीश एस ए एस एम अलीले जनवरी २७ मा हनीलाई फेब्रुअरी ४ देखि फेब्रुअरी ११ सम्म नागपुरको पंचपौली प्रहरी थानामा हाजिर हुन आदेश दिएका थिए । अदालतले हनीद्वारा दर्ता गराएको एक निवेदनमा सुनुवाई गर्दै यो आदेश दिएको हो ।

अदालतले हनीलाई जनवरी २९ देखि फेब्रुअरी ४ सम्म दुबईको यात्रा गर्न अनुमति दिँदै फेब्रुअरी ४ देखि फेब्रुअरी ११ बीच प्रहरी थानामा हाजिर हुन भनेको छ । हनीको आवेदनप्रति अनुसन्धान अधिकारीले विरोध गर्दै गायक जनवरी २५ मा प्रहरी थानामा उपस्थित हुनुपर्नेमा त्यहाँ नआएकोमा आपत्ति जनाएका थिए ।

अनुसन्धान अधिकारीहरुले गायकले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन् । पंचपौली प्रहरीले आनन्दपाल सिंह जब्बलको उजुरीका आधारमा गायकविरुद्ध धारा २९२ (अश्लील सामग्रीको बिक्री, वितरण) र आईपीसी तथा सूचना प्रौद्योगिकी अधिनियमको अन्य सम्बन्धित प्रावधान अनुसार उजुरी दर्ता गराएको थियो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १ : ०५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित