सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महशुल « Khabarhub

सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महशुल


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– सन्धिखर्कमा खानेपानीको न्यूनतम महशुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाले साविकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो ।

२०० रुपैयाँ न्यूनतम महशुल लिइरहेको संस्थाले १ फागुनबाट लागु हुनेगरी मूल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले जानकारी दिए । १९ माघमा बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको हो । बैठकले संस्थाको पाँचौँ अधिवेशन आउँदो १२ चैतमा गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

संस्थाले सदरमुकाम सन्धिखर्कका एक हजार ८४१ घरपरिवारमा पिउने मपानी उपलब्ध गराउँदै आएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ३ : ०० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय