सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महशुल « Khabarhub

सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महशुल


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– सन्धिखर्कमा खानेपानीको न्यूनतम महशुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाले साविकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो ।

२०० रुपैयाँ न्यूनतम महशुल लिइरहेको संस्थाले १ फागुनबाट लागु हुनेगरी मूल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले जानकारी दिए । १९ माघमा बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको हो । बैठकले संस्थाको पाँचौँ अधिवेशन आउँदो १२ चैतमा गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

संस्थाले सदरमुकाम सन्धिखर्कका एक हजार ८४१ घरपरिवारमा पिउने मपानी उपलब्ध गराउँदै आएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ३ : ०० बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन