हाम्रो पात्रो एप टेलिहेल्थ सेवाबाट ३ महिनामा ५ सय बढी कल « Khabarhub

हाम्रो पात्रो एप टेलिहेल्थ सेवाबाट ३ महिनामा ५ सय बढी कल


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलिहेल्थ सेवाबाट ३ महिनामा ५ सयभन्दा बढी कलहरू भएको छ । तीन महिना अघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरूमाझ लिएर आएको हाम्रो पात्रोमा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् ।

आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधामा आकर्षित भएको हाम्रो पात्रोले जनाएको छ । उसले पाँच सय कल पूरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको र भक्तपुर, काठमाडौँ र पोखराबाट धेरै कल आएको जनाएको छ ।

यही अवसरमा हाम्रो पात्रो, इंक. का सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यति छोटो समयमा प्रयोगकर्ताहरूले हामीलाई देखाउनुभएको विश्वास सराहनीय छ । म सम्पूर्ण प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु । उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषताहरू थप्न हामीलाई थप हौसला प्राप्त भएको छ । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा वीज्ञ डाक्टरको परामर्श दिनु हो’, उनले भनेका छन् ।

स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सिमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुनेछ भनेर सोचेको हाम्रो पात्रोले जनाएको छ । हाम्रो पात्रोले प्रयोगकर्ताहरूले फलोअपको लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमा नै अप्वाइटमेन्ट लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै सञ्चालनमा ल्याउँदैछ । यसबाहेक प्रयोगकर्ताहरुले स्वास्थ्यसँग सम्बन्धित कुनै पनि विषयमा छलफल गर्न ‘हेल्थ फोरम’ र घरमै बसी ल्याब टेस्ट अनि औषधि अर्डर गर्न मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताहरुले पाउने सिइओ उप्रेतीले बताए ।

टेलिहेल्थ सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरिरहेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र दुई सय रुपैंयाँमा विज्ञ डाक्टरसँग परामर्श लिन सक्नेछन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ४ : ०० बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन