मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा मोटरसाइकल चोरी गरी नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरीको टोलीले गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकलसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चाबहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समिर तामाङ् रहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।

तामाङ्ले वास्तविक नम्बर बा. प्र. ०२, ०२९ प ५२०९ भएको मोटरसाइकलमा बा. प्र. ०२, ०२५ प १३१८ नक्कली नम्बर प्लेट राखेका थिए । त्यस्तै, बा. ९८ प ७९६१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका महतराले बा. ९९ प ४८८२ नम्बरको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी प्रयोग गर्दै आएका थिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ४ : १४ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन