कम्युनिष्टहरूको प्रत्यूत्पादक ‘राष्ट्रवादी’ आवेग | Khabarhub Khabarhub

कम्युनिष्टहरूको प्रत्यूत्पादक ‘राष्ट्रवादी’ आवेग



वैदेशिक सहायता लिने मामिलामा नेपालका राजनीतिक दलहरूको रुझान स्पष्ट नहुँदा बिगतमा पनि विदेशी अनुदान या ऋणमा सम्पन्न हुनुपर्ने धेरै परियोजना अन्यौलमा पर्दै आएका छन् ।

जब जब नेपालमा ठूला विकास आयोजनाको तयारी प्रारम्भ हुन्छ, तब तब अनेक बखेडा खडा हुने गर्छ ।

प्रशासनिक र स्थानीय झमेलादेखि राजनीतिक स्वार्थको घनचक्करमा यस्ता आयोजना पर्दै आएका छन् ।

मेलाम्ची परियोजनाको सपना यस्तै अनेक उहोपोहको शिकार भयो । अहिलेसम्म काठमाडौँबासीले मेलम्चीको पानी पिउन पाइरहेका छैनन् । अपर कर्णालीदेखि बुढी गण्डकीसम्म, तामाकोशी परियोजनादेखि पश्चिम सेतीसम्मका अनेक परियोजना राजनीतिक, प्रशासनिक उल्झन र स्वार्थको चँगुलमा फँस्दै विलम्बित हुँदै आए ।

सबैभन्दा ठूलो अवरोध चाहिँ कथित राष्ट्रवादी आवेगले उत्पन्न गर्ने गरेको छ । नेपालका कम्युनिष्टहरू कुनै आयोजनालाई सत्ता मोलमोलाईको विषय बनाउनुपर्‍यो कि चर्को राष्ट्रवादको नारा उराल्दै त्यसको विरोध गरिहाल्छन् ।

एमसीसीजस्तो आर्थिक र विकासको मुद्दा अहिले राजनीतिक मुद्दामा परिणत हुनु बिडम्बना हो । माथि नै उल्लेख गरियो, एमसीसी फिर्ता हुँदा नेपालमा अब कसैले पनि लगानी नगर्दा हुन्छ भन्ने सन्देश जान्छ ।

पञ्चायतकालमा एकखालको राष्ट्रवादको नारा दिएर समृद्धि सपनालाई पुरा हुन दिइएन । गाउँघरमा जनता भोक, प्यास, अभावको शिकार भइरहेका हुन्थे, यता शासकहरू चाहिँ ‘यो नेपाली शीर उचाली संसारमा लम्कन्छ’ भन्दै होहल्ला गर्थे ।

नेपाली धनी भएको भए पो संसारमा पनि लम्कन्थे, गरीब नेपालीले कसरी लम्कने संसारमा अनि कसरी चम्कीने ?

राष्ट्रवाद भनेको जनताको हित, विकास र समृद्धि हो । यसकै मार्गमा तगारो तेस्र्याएर राष्ट्रवादको दुहाइ दिने काम पञ्चहरूले त गर्दै आए नै, अचेल कम्युनिष्टहरू गर्दैछन् । राष्ट्रवादको दोहोरो मापदण्ड देखिन्छ, उनीहरूमा ।

सत्तामा हुँदा या अमुक स्वार्थ पुरा हुँदा विदेशी शक्ति सामु लम्पसार पर्ने । आफ्नो स्वार्थ पुरा नहुँदा राष्ट्रवादको दुहाइ दिने । राष्ट्रियतालाई गाँजरको बाँसुरी बनाउने प्रवृत्ति देखियो । राष्ट्रवादको गाँजर बाँसुरी चपाउन मिलुन्जेल चपाए पनि भो, बजाउन परे बजाए पनि भो । यस्तो गाँजरको बाँसुरीवाला राष्ट्रवादकै कारण नेपालमा समृद्धि र विकासमा आधारित सच्चा राष्ट्रवादकै जगेर्ना हुन नसकेको हो ।

अहिले एमसीसी परियोजना पारित गर्ने सम्बन्धमा हलो अडकाइरहेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले थिए, जसले कुनैबेला एमाले नेता हुँदा अरुण तेस्रो परियोजनाविरुद्ध विश्व बैंकलाई लामै पत्र लेखेर विरोध जनाएका थिए ।

एमाले त्योबेला भर्खर कम्युनिष्ट हुँकार त्यागेर संसदीय राजनीतिमा आएको थियो । तिनताक प्रतिपक्षीका रुपमा कांग्रेस सरकारविरुद्ध सानो निहुँमै सडक आन्दोलन चकाईरहने, रेलिङ भाँच्ने, टेलिफोन बुथ भत्काउने र राष्ट्रवादी आवेगमा युवालाई होमिरहेको एमालेकै नेता नेपालले विरोधमा पत्र लेखेपछि विश्व बैंक अरुण तेस्रो परियोजनाबाट पछि हटेको थियो । लामो समयसम्म अरुण तेस्रो अन्यौलको भूमरीमा परेन मात्र, नेपालप्रति लगानीकर्ताहरूको पनि विश्वास धर्मरायो ।

यतिखेल माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुनः एमसीसीमा पनि अरुण तेस्रोकै इतिहास दोहो¥याउने ताकमा देखिन्छन् । अरुणको अनुभव हामीले भागिसकेपछि यस्ता परियोजनाहरूमा नेपालले के गर्ने भन्नेबारे दलहरूबीच ठोस सहमती, राष्ट्रिय नीति र प्रक्रिया बन्न नसक्नु उदेकलाग्दो विषय हो ।

एमसीसी त्यति जटील र नेपालको हित बिपरीतको परियोजना हैन, जति अहिले हल्ला चलाइएको छ । बस, नेपालको विकासका लागि अमेरिकाले ५ सय मिलियन डलर सित्तैमा दिन लागेको हो । यदि यो रकम फिर्ता गयो र एमसीसी पास हुन सकेन भने, प्रश्न उठछ, नेपाललाई माया गरेर विदेशीहरूले अब किन सहायता गर्ने ?

एकातिर एमसीसीका बारेमा आम जनतामा ज्ञानको कमी, अर्कोतिर विज्ञहरूबाट भइरहेको गलत प्रचार । राष्ट्रवादी आवेग भडकाउन यति भए पुगिहाल्यो । ‘एमसीसी पास भएमा अमेरिकी सेना आउने’, ‘नेपाल अफगानिस्तान र इराक नै हुने’ सम्मका हौवा अतिवादि र आवेगी कोणबाट चलाइएको छ । यसमा बामपन्थी भनौं या कम्युनिष्ट मिडिया मेशिनरी नै जुटिरहेको छ ।

एमसीसी रद्द भएको खण्डमा प्रजातान्त्रिक मुलुकहरूले नेपाललाई प्रजातान्त्रिक मुलक भनेरै दिने यस्ता सहायतामा विश्राम लाग्नसक्छ । अमेरिकी लगानीमा सञ्चालित परियोजनामाथि असर नपर्ला भन्न सकिन्न । विश्व मञ्चमा नेपालको विश्वसनियता धरापमा पर्ने खतरा छ ।

विश्वको प्रजातान्त्रिक कित्ताबाट अलग्याएर नेपाललाई कतै कुनै अधिनायकवादी मुलुकतर्फ अग्रसर गराउने चलखेल त भइरहेको हैन ? भन्ने राजनीतिक आशँकाबोध पनि यसभित्र लुकेको छ । हुन पनि निरंकुश राजावादीदेखि उग्रवामपन्थीसम्म अहिले एमसीसीको विरोधमा खडा भएका छन् । राजावादीहरूसँग राष्ट्रियताको मामिलामा सहकार्य गर्न तयार छौं भनेर मोहन बैद्यदेखि कमरेड रोहितसम्मले त भनेकै हुन् । यी सबैको चोंचोमोचो एमसीसी विरोधका हकमा मिल्नु संयोग पनि हैन ।

एमसीसी पारित गरेर नेपाललाई विकासको गतिमा अघि बढाउने अवसर गुमाउनु भनेको नेपाली समृद्धिको सपना पनि तुहाउनु हो । एमसीसी अहिलेसम्म पारित भइसकेको भए राजनीतिक अस्थीरताकाबीच पनि विकास प्रक्रिया अवरुद्ध हुन पाउँदैनथ्यो । सडक र विद्युत प्रशारण लाइन बन्दा धेरै नेपालीले रोजगारी पाउँथे ।

नेपालमा उत्पादित विद्युतको बिक्री वितरणको ढोका खुल्नसक्थ्यो । जलविद्युत उत्पादनले पनि गति लिन्थ्यो । हामीले ग्यास र पेट्रोलमा भर पर्नु पर्दैनथ्यो । विडम्बना, यत्रो समय खेर गयो । यो खेर गएको समयको मूल्य के यसका विरोधीहरूले तिर्नुपर्छ ।

केही दिन यता प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको पक्षमा सकारात्मक देखिन्छन् । तर, एकीकृत समाजवादी र माओवादी केन्द्रले पनि यसमा शर्त राखिरहेको छ । एस अध्यक्ष नेपाल र माके अध्यक्ष दाहालले एमसीसी पास नगर्ने मात्र हैन, सभामुखलाई संसद स्थगित गर्न लगाएपछि हालको सत्ता गठबन्धनमै भविष्य अन्यौलमा परेको छ ।

गठबन्धन साझेदारकै असहयोगका कारण प्रधानमन्त्री देउवाले यसलाई संसदमा प्रस्तुत गर्न नसकेको स्पष्टै छ ।

हामीले जतिसक्दो चाँडो विकास र आर्थिक समृद्धिमार्फत आत्मनिर्भरताको बाटोमा जानैपर्छ । यस्तोबेला मित्र राष्ट्रहरूले दिने सहयोग लिनमै बिलम्ब गर्नु राष्ट्रवाद हैन, उल्टै राष्ट्रघात पो हो की ?

एमसीसीबारे अध्यक्षद्वय नेपाल र दाहालको विमती निजी राजनीतिक स्वार्थ हो । अर्को चाहिँ राष्ट्रवादको सस्तो लोकप्रियता । केही अतिवादी तत्व, समूह र विज्ञ भनाउँदाहरूले एमसीसीको विरोधमा जसरी माहौल खडा गरेका छन्, त्यसबाट एमसीसीबारे बुझ्दै नबुझेको जनमत पनि भ्रमित छ । उनीहरूमा ‘एमसीसी भनेको देशघाती नै हो’ भन्ने छाप पारिएको छ । तर, सत्य त्यस्तो हैन, जुन बाहिर प्रचार गरिएको छ ।

एकातिर एमसीसीका बारेमा आम जनतामा ज्ञानको कमी, अर्कोतिर विज्ञहरूबाट भइरहेको गलत प्रचार । राष्ट्रवादी आवेग भडकाउन यति भए पुगिहाल्यो । ‘एमसीसी पास भएमा अमेरिकी सेना आउने’, ‘नेपाल अफगानिस्तान र इराक नै हुने’ सम्मका हौवा अतिवादि र आवेगी कोणबाट चलाइएको छ । यसमा बामपन्थी भनौं या कम्युनिष्ट मिडिया मेशिनरी नै जुटिरहेको छ ।

एमसीसीजस्तो आर्थिक र विकासको मुद्दा अहिले राजनीतिक मुद्दामा परिणत हुनु बिडम्बना हो । माथि नै उल्लेख गरियो, एमसीसी फिर्ता हुँदा नेपालमा अब कसैले पनि लगानी नगर्दा हुन्छ भन्ने सन्देश जान्छ ।

अहिले नेपाल कोभिडबाट थिलोथिलो भएको छ । हाम्रो अर्थतन्त्र डामाडोल छ । डलर र तेलको भाउ बढदै गए हाम्रो क्रयशक्तिलै हाम्रा आवश्यकताका वस्तु खरिद गर्न नसक्ने अवस्था आउने खतरा छ ।

हामी आफै आत्मनिर्भर भएको भए बेग्लै कुरा । हाम्रो निर्यातको कुरै छाडौं, विदेशी मुद्रा सचिती पनि न्यून छ । भारु र डलर पठाएर हरेक उपभोग्यवस्तु आयात गर्ने हामी नेपाललीले जतिसुकै राष्ट्रवादी आवेग किन नझिकौं, डलर र तेलको भाउ बढदै जाँदा हाम्रो हालत पतला हुनेछ ।

अतः हामीले जतिसक्दो चाँडो विकास र आर्थिक समृद्धिमार्फत आत्मनिर्भरताको बाटोमा जानैपर्छ । यस्तोबेला मित्र राष्ट्रहरूले दिने सहयोग लिनमै बिलम्ब गर्नु राष्ट्रवाद हैन, उल्टै राष्ट्रघात पो हो की ?

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : ११ बजे

सकियो खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को छायाङ्कन

काठमाडौं – नायका खगेन्द्र लामिछाने र नायिका वर्षा राउतको केन्द्रीय

ताप्लेजुङमा चार महिनापछि हवाई सेवा सुरु

ताप्लेजुङ– करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई

सरकारले नसुनेपछि सिठ्ठी फुक्दै शिक्षकको मार्चपास (तस्बिरहरू)

काठमाडौं- गत चैत २० गते देखि सुरू भएको शिक्षक अन्दोलन

जनकपुरमा रामनवमी पर्व मनाइँदै

महेन्द्रनगर– सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ

नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

काठमाडौं– नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९