मानव अधिकार आयोगबाट मन्त्री रेणु यादवसँग स्पष्टीकरण लिइयो « Khabarhub

मानव अधिकार आयोगबाट मन्त्री रेणु यादवसँग स्पष्टीकरण लिइयो


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिंसात्मक अभिव्यक्तिका कारण विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ ।

मन्त्री यादवले गत माघ ५ गते बलिदानी दिवसका अवसरमा रौतहटमा आयोजित सभामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लक्षित गरी हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । १५ वर्ष पुरानो गौर नरसंहार घटना स्मरण गर्न भन्दै डा. राउतलाई मन्त्री यादवले धम्की दिएकी थिइन् ।

यही अभिव्यक्तिका विषयमा बिहीबार आयोगले मन्त्री यादवलाई बोलाएर स्पष्टीकरण लिएको हो । उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई आयोगले सचेत गराएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहो¥याउन पनि भनेका छन् ।

त्यसक्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको स्वीकार गर्दै कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको जिकिर गरिन् । उनले हिंसा र मुठभेडको मनसाय नरहेको र भविष्यमा यस्ता अभिव्यक्ति नदोहो¥याउने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : ०० बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर