प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई « Khabarhub

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उनले तीन महिनासम्म सरकार बाँडिचुँडी खानमात्र लागि परेको आरोप लगाए ।

यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ । पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए ।

प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : ४५ बजे

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

एजेन्सी– वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

घनपोखरा– लमजुङको मर्स्याङदी  गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह