ग्यारेजमा लागेको आगोले सवारी साधनमा क्षति « Khabarhub

ग्यारेजमा लागेको आगोले सवारी साधनमा क्षति


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– ११ पुरानो तरकारी बजार नजिकै स्कारपियो र मोटरसाईलकमा आगलागी भई ध्वस्त भएका छन् ।

त्रियुगा नगरपालिका ११, गाईघाटका कालीदास राई (किसन) को ग्यारेजमा राखिएका स्करपियो र मोटरसाईकल बिहीबार बिहान अन्दाजी साढे १२ बजे आगलागी भई नष्ट भएका हुन् ।

आगलागीबाट प्रदेश १–०२–००२ च ४३८५ नम्बरको स्कारपियो र स ३ प २२८३ नम्बरको एभेन्जर मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । साढे ३ तले घरको दक्षिणपटि ग्यारेजमा राखिएका दुवै साधनमा एकैचोटी आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

गाडीधनी राईले बिहान झण्डै १ बजे मस्त निन्द्रामा रहेका बेला चर्को आवाज सुनेपछि व्युँझिएर हेर्दा धुँवाको मुस्लो देखेको बताए । भुईमा झरेर हेर्दा ग्यारेजमा राखिएका दुवै साधनमा आगो बलिरहेको पाएपछि छिमेकी र प्रहरीलाई खवर गर्नुका साथै दमकल बोलाएर आगो नियन्त्रणमा लिएको जनाए । छिमेकी र प्रहरी घट्नास्थल आउँदासम्म दुवै साधन आगोले ध्वस्त भईसकेको उनले बताए । त्रियुगा नगरपालिकाबाट आएको दमकलले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिए पनि दुवै साधन कामै नलाग्ने गरी ध्वस्त भएका छन् ।

आगोले टिनले छाएको ग्यारेजको छानोको बला र सरा पनि डढेर नष्ट भएका छन् भने छेउमै रहेको चिरान काठहरु समेत जलेका छन् । पीडित राईले आगजनीबाट ६० लाख हाराहारी क्षति भएको बताए । झण्डै एक वर्ष अघि किनेको ५५ लाखको स्कारपियो जीप र ४ वर्ष अघि किनेको साढे ३ लाखको एभेन्जर मोटरसाईकल, ग्यारेज र काठ जलेर क्षति पुगेको उनको भनाई छ ।

घरकै ग्यारेजमा पार्किङ गरि राखिएका साधनमा आगो लाग्नुको कारण थाहा नभएको बताए । घट्नाबारे अहिलेसम्म यकिन हुन नसकेकाले प्रहरीले अनुन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी सुभाषचन्द्र बोहराले आगो कुनै आपराधिक मानसिक्ताका व्यक्तिले लगाएर वा विद्युत सर्ट भएर हो भन्ने बारे अनुसन्धान भईरहेको बताए । घट्नामा संलग्न भएको आशंकामा एक युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएका छन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : ३० बजे

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले