मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ « Khabarhub

मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बिशालनगरस्थित मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

गत माघ १८ गते काठमाडौँ नगरपालिका–४ विशालनगरस्थित सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलमा चोरी गरेको आरोपमा गोरखा गण्डकी–५ का २४ वर्षीय सुरेश गिरी र नेपालगञ्ज–५ का २२ वर्षीय गणेश क्षेत्री पक्राउ परेका हुन् ।

हाल बुढानीलकण्ठ बस्दै आएको उनीहरूलाई गंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले पसलको पछाडिको झ्याल फुटाई चोरी गरेका थिए ।

पसलबाट ३७ थान नयाँ मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, गितार १ थान तथा स्मार्ट घरी २५ थान चोरी भएको थियो ।

उनीहरूबाट प्रहरीले नयाँ मोबाइल ८ थान, पुराना मोबाइल ५ थान, स्मार्ट घडी ६ थान, गितार १ थान, पावर बैंक १ थान र आईआर नाइट भिजन १ थान बरामद गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : ०५ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक