आममाफीबाट कतारमा १४ हजारभन्दा बढी लाभान्वित « Khabarhub

आममाफीबाट कतारमा १४ हजारभन्दा बढी लाभान्वित



दोहा – आममाफीबाट कतारमा १४ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।

कतारले आफ्नो गैरकानुनी अवस्था सच्याउनका लागि गत वर्ष १० अक्टोबरदेखि आममाफीको घोषणा गरेपछि हालसम्म २८ हजार ४७६ भन्दा बढी श्रमिकहरुको अनुरोध प्राप्त गरेको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सच एण्ड फलो विभागमा गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म ८ हजार २२७ जना स्वदेश फर्किएका र ६ हजारले कागजपत्र नियमित गराएर वैधानिकता लिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आममाफी अवधिका लाभग्राहीलाई स्वदेशभित्र रहेको अवस्थामा कानुनी हैसियत सच्याउन र सच्याउन नसके देश छाड्न समेत सबै सुविधा उपलब्ध गराउने जनाएको छ ।

कम्पनी तथा कामदारको हैसियतलाई वैधानिकता प्रदान गर्नका लागि कम्पनी तथा श्रमिकलाई फरार रकममा ५० प्रतिशत कटौती गरी लाभान्वित हुने कम्पनीका सञ्चालक र वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई ध्यानमा राखी यो कार्यविधि भित्रिएको मन्त्रालयले जनाएको छ ।

कतार सरकारको यो निर्देशन २०१५ को कानुन नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको हो । कानूनको व्यवस्था मिचेर स्वदेशमा बस्ने आप्रवासीहरुको अवस्थालाई वैधानिकीकरण गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

आममाफीको अवधि अवधि मार्च ३१, २०२२ सम्म थप गरिएको छ । कतार सरकारले आममाफीको समय अवधि थप भएसँगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : १६ बजे

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज