आममाफीबाट कतारमा १४ हजारभन्दा बढी लाभान्वित « Khabarhub

आममाफीबाट कतारमा १४ हजारभन्दा बढी लाभान्वित



दोहा – आममाफीबाट कतारमा १४ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।

कतारले आफ्नो गैरकानुनी अवस्था सच्याउनका लागि गत वर्ष १० अक्टोबरदेखि आममाफीको घोषणा गरेपछि हालसम्म २८ हजार ४७६ भन्दा बढी श्रमिकहरुको अनुरोध प्राप्त गरेको यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सच एण्ड फलो विभागमा गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म ८ हजार २२७ जना स्वदेश फर्किएका र ६ हजारले कागजपत्र नियमित गराएर वैधानिकता लिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आममाफी अवधिका लाभग्राहीलाई स्वदेशभित्र रहेको अवस्थामा कानुनी हैसियत सच्याउन र सच्याउन नसके देश छाड्न समेत सबै सुविधा उपलब्ध गराउने जनाएको छ ।

कम्पनी तथा कामदारको हैसियतलाई वैधानिकता प्रदान गर्नका लागि कम्पनी तथा श्रमिकलाई फरार रकममा ५० प्रतिशत कटौती गरी लाभान्वित हुने कम्पनीका सञ्चालक र वैदेशिक रोजगारीमा जाने कामदारको हितलाई ध्यानमा राखी यो कार्यविधि भित्रिएको मन्त्रालयले जनाएको छ ।

कतार सरकारको यो निर्देशन २०१५ को कानुन नं ​​२१ को प्रावधान अन्तर्गत आप्रवासीहरुको बसाई तथा बाहिरिने नियम अन्तर्गत जारी गरिएको हो । कानूनको व्यवस्था मिचेर स्वदेशमा बस्ने आप्रवासीहरुको अवस्थालाई वैधानिकीकरण गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

आममाफीको अवधि अवधि मार्च ३१, २०२२ सम्म थप गरिएको छ । कतार सरकारले आममाफीको समय अवधि थप भएसँगै यहाँ गैरकानुनी रुपमा बसेका थुप्रै नेपाली कामदारहरु लाभान्वित हुने अपेक्षा गरिएको छ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला पनि कार्यरत छन् ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : १६ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको