साताको शेयर बजार : नेप्से परिसूचक ११४.०४ अंकले गिरावट « Khabarhub

साताको शेयर बजार : नेप्से परिसूचक ११४.०४ अंकले गिरावट


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ। तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४.०४ अंकले गिरावट आएको छ।

गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर रुपमा गिरावट आएकाे छ। नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २ हजार ६६१.४४ विन्दुमा रोकिएको थियो।

यो साताको बुधबारसम्मको कारोबारमा ११४.०४ अंकले गिरावट आएर २ हजार ५४७.०४ विन्दुमा खुम्चिएको छ। प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४.३ प्रतिशत गिरावट आएको छ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७.७३ अंक घटेको थियो। आइतबार सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको थियो।

उक्त दिन कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर २६१०.६० विन्दुमा झरेको थियो। सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। मंगलबार महाशिव रात्री पर्व परेकाले नेप्से कारोबार बन्द भएको थियो।

बुधबार नेप्से परिसूचक ६३ भन्दा बढी अंकले घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आज शेर्पा समुदायले मनाउने ग्याल्पाे ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएकाले नेप्से कोरोबार पनि बन्द रहेको छ।

बुधबारसम्म आइपुग्दा तेब्बर अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पूँजी गुमाएका छन्।गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ३ : ३० बजे

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन