अब विगतको त्रुटि दोहोर्‍याउँदिन : कमल थापा « Khabarhub

अब विगतको त्रुटि दोहोर्‍याउँदिन : कमल थापा


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने बताएका छन्। राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तिहरु भएकोले अब त्यस्ता गल्तिबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए ।

सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडी जाने बताउँदै थापाले परिवर्तन पश्चात्  मुलुक त्रुटिपूर्ण मार्गचित्रबाट जबर्जस्ति अगाडी बढाएकोले संकटको दलदलमा भासिएको बताए।

मुलुकको शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यवसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रबिसं नेपालका विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा भएको विकृति विसङ्गतीको अन्त्यको निमित्त सक्रियता पूर्वक भूमिका खेल्न आग्रह गरे। कार्यक्रममा राप्रपा नेपालका नेताहरु राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कडेल, विद्यार्थी नेताहरु कमल बम , शशि भण्डारी ,दिपेश शाह,राजु गैरे, त्रिबिक्रम सिंह लगायतले बोलेका थिए ।

 सो अवसरमा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा  चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल , दिपक जोशी रहेका छन् भने महा सचिबमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् भने सह-महासचिव  तेज कार्की र समीर थापा, सचिब सरोज तिमल्सिना ,अस्मिता बम, कमल सुनार, शिबराम घिमिरे ,आर्यन पाण्डे   र प्रवक्तामा त्रिबिक्रम सिंह छन् भने सह-सचिवमा विशाल राउत,सम्पदा अधिकारी  र सन्दीप खड्का रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ६ : ०९ बजे

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित

एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत 

काठमाडौं– नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा नयाँ इन्चार्जको

अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक

एजेन्सी– संयुक्त राज्य अमेरिकाले सार्वजनिक कल्याण र लाभको सम्भावित दुरुपयोगको

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित