थापागाउँस्थित आफ्नै भवनबाट ‘मण्डला नाटकघर’ सञ्चालनमा « Khabarhub

थापागाउँस्थित आफ्नै भवनबाट ‘मण्डला नाटकघर’ सञ्चालनमा


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनबाट सञ्चालनमा आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार मण्डलाको नयाँ भवन उद्घाटन गरेका थिए। २०० सिट क्षमताको ठूलो अडिटोरियम र ७० सिट क्षमताको बाल नाटकघर निर्माण गरिएको छ । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफैंले भवन निर्माण गरेको हो ।

उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले साहित्यले समाजको चित्रणका साथै समाजलाई सहि रुपन्तरण गर्न सक्ने बताए । उनले भने साहित्य समृद्धितर्फ अग्रसर हुनुपर्ने भन्दै  मुलुकको परिर्वतनमा यस क्षेत्रले पुराएको योगदानको चर्चा गरेका थिए । नेपालमा नाटकको इतिहास लामो रहेको र यसलाई निरन्रता दिनु उचिकै चूनौतिपूर्ण रहेको उनको भनाई छ । उनले  नेपालको नाटक क्षेत्रको उत्थानका लागि सरकारले अझै पहल गर्नुपर्ने धारणा राखेका थिए ।

सन् २००९ देखि अनामनगरमा मण्डला नाटक घर सञ्चालन हुँदै आएको थियो । कार्यक्रमको अध्यक्षता मण्डला नाटक समुह नेपालको डाइरेक्टर सोमनाथ खनाल रहेका थिए । कार्यक्रममा अन्य कलाकार दीपाश्री निरौला, दीपक राज गिरि लगायत अन्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ७ : २१ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले