मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक : नेता रावल « Khabarhub

मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक : नेता रावल


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेका नेता भीम रावलले स्वधिनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने बिषय सकारात्मक रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा नेकपा एमाले अछाम काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलन उद्घाटन गर्दै रावलले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताएका हुन्।

देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उनले बताए । त्यस्तै उनले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुका नेतालाई जनताले आगामी चुनावमा ठोक्नुपर्ने समेत बताए । उनले एमसीसी पारित भएसंगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राखे । रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक रहेको उल्लेख गरेका छन्  । राष्ट्रघाती विषयमा मात्र आफुले बोलेको भन्दै उनले पार्टीको हित विपरित कहिं कतै नबोलेको तर्क गरेका छन् ।

त्यस्तै रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गरेका थिए  । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ७ : ४० बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६