एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौँमा बृहत विरोधसभा गर्ने « Khabarhub

एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौँमा बृहत विरोधसभा गर्ने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोध सभामा सहभागी हुन आव्हान गरेको हो ।

संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ । पत्रकार सम्मेलनमा नेकपा मालेका नेता सिपी मैनालीले एमसीसी जनताको पक्षबाट असफल भएपनि संसदबाट स्वीकृत भएकोमा आपत्ति जनाए ।

अमेरिकाले कुनै पनि हालतमा एमसीसी सम्झौता संशोधन गर्न मन्जुर नभएको  पटक–पटक जानकारी दिँदै आएको र व्याख्यात्मक टिप्पणीको अन्तराष्ट्रिय अर्थ नभएकोले जनताको आँखामा हाल्ने छारो मात्र भएको मैनालीले जिकिर गरेका थिए । संसदबाट  पास गरेको व्याख्यात्मक घोषणा पत्रलाई नेता मैनालीले कथित व्याख्यात्मक घोषणाको संज्ञा दिए ।

त्यस्तै उनले  व्याख्यात्मक घोषणासहित संसदबाट जनताले विरोध गर्दागर्दै पनि पारित गरिएको आरोप लगाएका छन् । स्वस्थ र सैद्धान्तिक ढंगले संसदबाट एमसीसी पारित नगरिएको उनको भनाई छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ७ : ५१ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः