पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १ सय ५० « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १ सय ५०

पेट्रोल, डिजेल र मट्टितेलमा पाँच–पाँच रुपैयाँ वृद्धि


१९ फाल्गुन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

भारतीय आयल कर्पाेरेशनको नयाँ मूल्यसूचीअनुसार मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ कायम भएको छ । साथै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् छ ।

केही दिनअघि मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले बिहीबार पुनः बढाएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : ५५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको