एमसीसीविरुद्ध साना ११ दलले सोमबार जुलुस तथा विरोधसभा गर्ने « Khabarhub

एमसीसीविरुद्ध साना ११ दलले सोमबार जुलुस तथा विरोधसभा गर्ने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विरोधमा ११ वटा साना दलले आन्दोलन घोषणा गरेका छन् ।

प्रतिनिधिसभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि सीपी मैनाली महासचिव रहेको नेकपा मालेलगायत ११ दलले एमसीसी सम्झौताविरुद्ध २३ गते जुलुस तथा विरोधसभा गर्न लागेका हुन् ।

नेकपा मालेसहितका ११ दलले सोमबार दिउँसो १ बजे विरोधसभा गर्ने जनाएका छन् ।

यस मध्यान्ह साढे १२ बजे रत्नपार्कमा भेला भएर जुलुससहित इन्द्रचोक जाने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । एमसीसी धेरै पक्षबाट राष्ट्रघाती देखिएकाले त्यसको विरोध गर्दै संसदबाट अस्वीकृत गराउन आन्दोलनको आवश्यकता भएको ती दलहरूको ठहर छ ।

आन्दोलनको घोषणा गर्नेहरूमा सीपी मैनाली नेतृत्वको नेकपा माले, सुवासराज वाग्ले अध्यक्ष रहेको जनसमाजवादी पार्टी, तारानाथ लुइटेल अध्यक्ष रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ११ : १८ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार