श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू जारी « Khabarhub

श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू जारी


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।

विगतमा, आपतकालीन आदेशले सेनालाई संदिग्धहरूलाई पक्राउ पूर्जी बिना पक्राउ गर्न र हिरासतमा राख्न अनुमति दिएको थियो । तर, प्रतिबन्धहरू प्रस्ट नभएको बताइन्छ । राष्ट्रपतिको आपतकालीन शक्तिहरू परिभाषित गर्ने नियमहरू जारी हुन बाँकी रहेको बताइएको छ ।

शुक्रबार दिउसो पसलहरु खुलेका र यातायात सामान्य रहेको थियो भने केही पेट्रोल पम्पमा प्रहरी तैनाथ थिए । सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालिन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ३४ बजे

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा