माधव नेपालसहित १४ सांसदविरुद्ध सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन  « Khabarhub

माधव नेपालसहित १४ सांसदविरुद्ध सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन 


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमालेका सांसद माधवकुमार नेपालसहित १४ जनाको सांसद् पद खारेज गर्न माग गर्दै दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि शुरु गर्न लागेको पूर्ण सुनुवाइ रोक्न निवेदन पेस गरिएको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको पूर्ण सुनुवाइ स्थगन गर्न १४ सांसदका प्रतिनिधित्व गर्ने अधिवक्ताले निवेदन दिएका हुन।

एमालेबाट अलग भएर एकीकृत समाजवादी दल खोल्नुअघि नै नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्न पत्राचार गर्दा पनि सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरी सांसदमै राखेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आजबाट पूर्ण सुनवाइ सुरुवात गर्न लागिएको थियो।

एमालेले १४ सांसदलाई कारबाहीको पत्र पठाए पनि सभामुखले कुनै निर्णय नगरेको र निर्वाचन आयोगले समेत जबरजस्ती अर्को दल दर्ता गरेको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो।

१४ सांसदको कारबाहीको माग गर्दै एमालेले संघीय संसद् अवरुद्ध गर्दै आएको छ। १४ सांसदविरुद्ध मुद्दाको सात महिनादेखि फैसला हुन सकेको छैन।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ४७ बजे

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले