मदनकृष्णलाई मन पर्‍यो ‘हेल्लो जिन्दगी’ | Khabarhub Khabarhub

मदनकृष्णलाई मन पर्‍यो ‘हेल्लो जिन्दगी’


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘हेल्लो जिन्दगी’ ले फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ ।

शुक्रबार ललितपुरको लबिम मलमा ‘हेल्लो जिन्दगी’ हेरेपछि वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठले आफूलाई फिल्म मन परेको प्रक्रिया दिए । ‘फिल्म राम्रो बनेको छ, कतै नअल्झीकन कथा बगेको छ । विदेशमा बस्नेहरूको समस्या पनि देखाइएको छ,’ उनले भने,‘कतै ध्यान नदिई हेरें। सबैलाई हेर्न आग्रह गर्दछु ।’ उनले फिल्मले मनोरञ्जनका साथै मिठो सन्देश पनि प्रवाह गरेको बताए ।

अर्का अभिनेता रवीन्द्र झाले पनि ‘हेल्लो जिन्दगी’ मन परेको बताए । उनले फिल्ममा सत्य घटनालाई प्रस्तुत गरिएकाले आफूलाई मन परेको बताए ।

गायक तथा संगीतकार यमन श्रेष्ठले पनि फिल्म रुचाए । ‘फिल्मले सुरुदेखि नै ‘होल्ड’ गर्छ । फिल्मको हरेक पक्ष राम्रो लाग्यो । सस्पेन्स, ट्विस्टहरु एकदम ठिक ठाउँमा छन् । फिल्मले मनोरञ्जन मात्र नभई सन्देश पनि दिन्छ ।’ उनले भने ।

अर्का अभिनेता तथा डा. समीर दीक्षितले पनि ‘हेल्लो जिन्दगी’ को तारिफ गरे । ‘फिल्म बहुत मन पर्‍यो । एकदम स्ट्याण्डर लाग्यो । सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु ।’

दर्शकसँगै बसेर फिल्म हेर्दा निकै आनन्द लागेको निर्देशक एभरेष्ट सूर्य बोहराले बताए । बोहरा निर्देशित फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, मनोज केसी, ध्रुव दत्त, कुमुद पन्तलगायतले अभिनय गरेका छन् ।

सत्य घटनाहरुबाट प्रभावित फिल्मको निर्मातामा बिक्रम डि जोशी र हिराल जोशी छन् कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मसँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा/सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । काठमाडौँ, मुस्ताङ र युकेका विभिन्न स्थानमा खिचिएको फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ५८ बजे

निजामतीसम्बन्धी विधेयकमा सरकारले खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे 

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले निजामतीसम्बन्धी विधेयक

गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् : रास्वपा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा

राप्रपाले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा आज पनि रास्वपाको अवरोध जारी

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता