श्रीलंकामा सामाजिक सञ्जालमा लागेको प्रतिबन्धप्रति सरकारका मन्त्री नै असन्तुष्ट « Khabarhub

श्रीलंकामा सामाजिक सञ्जालमा लागेको प्रतिबन्धप्रति सरकारका मन्त्री नै असन्तुष्ट


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलंकाका मन्त्री नमल राजापाक्षेले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिबन्ध पूर्ण रूपमा उपयोगहीन भएको बताउँदै उनले त्यसबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन् ।

श्रीलंका सरकारले फेसुबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाएको छ ।

गलत सूचना रोक्न सरकारले सो निर्णय गरेको बताइएको छ । अप्ठ्यारो आर्थिक संकटबीच राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला सरकारले संकटकाल घोषणा गरेको थियो । शनिबार साँझ देशव्यापी कर्फ्यु लगाएको सरकारले आइतबार सामाजिक सञ्जालमा रोक लगाएको थियो ।

युवा तथा खेलकुद मन्त्रालय हाँकेका नमल राजापाक्षे राष्ट्रपति गोटाबाय राजापाक्षेका भतिजा हुन् । उनले ट्विट गरेका छन्, ‘सामाजिक सञ्जालमा रोक लगाउने कुरालाई म कहिल्यै मान्दिनँ।’

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : ११ बजे

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको

प्रकाशचन्द्र लोहनीले गरे मतदान

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। लोहनीले लिखु

सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ

काठमाडौँ – आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। हरेक मतदातालाई