प्रधानमन्त्रीलाई ओलीको प्रश्न : दिल्लीको दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? « Khabarhub

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : दिल्लीको दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् ।

एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?’

शनिबार दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति आपत्ति जनाउँदै उनले सो प्रश्न गरेका हुन् ।

देउवा सरकारको १०० दिनको अवसरमा प्रकाशित पुस्तकमा पनि ‘चुच्चे नक्सा नभई बुच्चे नक्सा राखेको र अहिले दूतावासमा पनि बुच्चे नक्सा राखेको उनको आराेप छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : १३ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण