नयाँ वर्षको अवसरमा काठमाडौँमा सडक महोत्सव हुने « Khabarhub

नयाँ वर्षको अवसरमा काठमाडौँमा सडक महोत्सव हुने


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ वर्षको पहिलो साता दरवारमार्गमा एफएनसीसीआई र एनसेलको सहकार्यमा १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना हुने भएको छ। नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौँमा सडक महोत्सव हुने भएको हो ।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थान लागि सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ काठमाडौँको दरबारमार्गमा आयोजना हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा महोत्सव वैशाख ३ गते आयोजना गर्न लागेको हो । महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी रहेको छ ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

यो महोत्सवमा सम्पूर्ण रूपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुति गरिने छ । वैशाख ३ गते विहान सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति गरिने छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो सन्देशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताएका छन् ।

महोत्सवको सोही दिन विहान ११ः३० बजे औपचारिक शुुभारम्भ गर्ने कार्यक्रम छ । तत्पश्चात बेलुका ८ः१५ बजेसम्म मनोरञ्जनात्मक प्रस्तुतिहरू हुुनेछन् । महोत्सवमा दिपक बज्राचार्य, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, सन्दिप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य समूह सृष्टी केसी एन्ड ब्लाईन्ड रक्स, रुशान एन्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, कववेव र भेकले प्रस्तुतिहरू दिनेछन् । साथै सातै प्रदेशबाट विभिन्न जात जातिको सांस्कृतिक नृत्यहरू दरबारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छ ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकार र नेपाली उत्पादनको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शन समेत गरिने छ ।

कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । यो उद्याेगको आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले कोभिड संकटबाट विस्तारै तङग्रने क्रममा रहेका उद्योग व्यवसायमाथि विद्युत कटौतीको समस्याले थप समस्या निम्ताएको बताए । संकटमा रहेको अर्थतन्त्र र आन्तरिक पर्यटनलाई चलायमान बनाउन दरबारमार्ग महोत्सवले ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, एनसेलका कर्पोरेट कम्युनिकेश एण्ड सीएसआर विशाखा लक्ष्मी खड्का, ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर अनुुषा प्राधानाङगको उपस्थिति रहेको पत्रकार सम्मेलनमा व्यापार मेला समितिका सभापति नरेन्द्र खड्काले स्वागत मन्तव्य र रेवानका अध्यक्ष एवं महासंघको वस्तुुगत परिषदका सहसभापति अरनिको राजभण्डारीले महोत्सवका बारेमा विस्तृत जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : ३७ बजे

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देशहरू किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता