खोटाङमा कालाजारका बिरामी फेला « Khabarhub

खोटाङमा कालाजारका बिरामी फेला


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका एक बिरामी फेला परेका छन् ।

बाहुनीडाँडामा कालाजारका रोगी पत्ता लगाउन हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गरेको ६ दिने अभियानका क्रममा एक जनामा कालाजार पुष्टि भएको हो ।

खोटाङ प्रवेशद्वार रूपमा रहेको जयरामका ९२ जनाको रगत परीक्षणका क्रममा उनलाई पोजिटिभ देखिएको हलेसी तुवाचुङ नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।

यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार पुष्टि भएका बिरामीको संख्या चार पुगेको छ । गत साउनयता बाहुनीडाँडामा दुई जना र झाप्पामा एक जना कालाजारका बिरामी भेटिइसकेका छन् ।

कालाजारको पीसीआर परीक्षणका लागि जयरामका ९२ जना, कदुवाका ७८ जना र झाप्पाका ७७ जनाको नमूना संकलन गरेर आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए ।

बाहुनीडाँडाको विभिन्न बस्तीमा साउन २०७७ यता कालाजार देखा परेको हो ।

आर्थिक वर्ष २०७६र०७७ मा चार जनालाई र आर्थिक वर्ष २०७७र०७८ मा एक जनालाई कालाजार पुष्टि भएको थियो । जिल्लामा कालाजार भएको पुष्टि गर्ने सुविधा र प्रविधि नभएकाले कालाजार भएनभएको पुष्टि गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । तराईमा लाग्ने कालाजार पछिल्लो समय पहाडतिर देखा पर्न थालेको स्वास्थ्यकर्मीले बताए ।

कालाजार लागेपछि ज्वरो आउने, मान्छे दुब्लाउँदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्तो कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने स्वास्थ्यकर्मीले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ५५ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण