लुम्बिनी ट्रक यातायात व्यवसायी संघमा पुनः खरेल निर्वाचित « Khabarhub

लुम्बिनी ट्रक यातायात व्यवसायी संघमा पुनः खरेल निर्वाचित


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः विष्णुप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको १०औं साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

Avatar

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत चयन भएका छन् । महासचिव गौतम पनि पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै सचिवमा बाल किसुन गुप्ता बानिया र सचिवमा सन्तराम पाण्डे निर्वाचित भएका छन् । सचिवका प्रत्याशी लीलाप्रसाद श्रेष्ठलाई पछि पार्दै बानिया र कोषाध्यक्षका प्रत्याशी वसन्त भट्टराईलाई पछि पार्दै पाण्डे निर्वाचित भएका छन् ।

Avatar

सदस्यमा रबिन खरेल, झवीन्द्र कुमार चोखला, जगदिशप्रसाद चौधरी, कमलेश गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए ।

Avatar

निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वाचित अध्यक्ष खरेलले निर्वाचनसँगै आफूमाथि थप जिम्मेवारी आएको भन्दै सबै व्यवसायी सघं सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ४१ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर