कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना « Khabarhub

कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँ र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले कलंकीस्थीत भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको छ ।

No description available.

आइतबार गरिएको अनुगमनका क्रममा म्याद नाघेका मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएपछि दुई लाख जरिवाना गरेको हो ।

No description available.

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । आगामी दिनमा म्याद गुज्रिएको सामान बिक्रि गरिएको पाइएमा थप कारावाही गर्ने गरि सचेत गराइएको उनले बताए । त्यस्तै कालिमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरमा अनुगमन गर्दा मूल्य सूची नराखिएको, केहि सामानहरुको म्याद सकिएको र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको पौडेलले बताए ।

No description available.

त्यस्तै टोलीले काठमाडौँको चाल्नाखेलस्थीत एभरेष्ट ग्यास उद्योगको अनुगमन गरेको थियो । सो क्रममा भारतबाट ग्यास आउने क्रममा रहेको र दुईतीन दिनभित्र फिलिङ गरि बजारमा पठाइने जानकारी पाएको अनुगमन टोलीले जनाएको छ ।

No description available.

पौडलेले आगामी दिनमा अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिए ।

No description available.

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : २७ बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।