रुसी मुद्रामा ग्यासको भुक्तानी हुनुपर्ने पुटिनको भनाइ « Khabarhub

रुसी मुद्रामा ग्यासको भुक्तानी हुनुपर्ने पुटिनको भनाइ


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुक’ हरुले रुसद्वारा आपूर्ति गरिएको ग्यासको मूल्य रुसी मुद्रा रुबलमा तिर्नुपर्ने बताएका छन् ।

आफ्ना मन्त्रीहरूसँगको बैठकका क्रममा उनले रुसी ग्यास आपूर्तिको भुक्तानी रुसी मुद्रामा नै हुनुपर्ने बताएका हुन् ।

‘हामी यसअघि निर्धारित सम्झौता अनुसारको आयतन र मूल्यमा निरन्तर ग्यास आपूर्ति गर्नेछौँ ।’ उनले भने, ‘भुक्तानीको मुद्रामा मात्रै यो परिवर्तन लागू हुनेछ, जुन चाहिँ रुसी मुद्रामा परिवर्तन गरिनेछ ।’

पुटिनले ग्यासको भुक्तानी मुद्रामा परिवर्तनका लागि एक साताको म्याद निर्धारण गरेको जनाइएको छ ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप पश्चिमा मुलुकले रुसमाथि नाकाबन्दी लगाएपछि त्यहाँको अर्थतन्त्र ओरालो लागिरहेको र रुसी मुद्राको मूल्य पनि घटिरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ०७ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने