तिलोत्तमा प्रिमियर लिग ४ : नेपथ्य ज्ञानोदय र न्यू होराइजन विजयी « Khabarhub

तिलोत्तमा प्रिमियर लिग ४ : नेपथ्य ज्ञानोदय र न्यू होराइजन विजयी


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टीपीएलको आइतबारका खेलमा नेपथ्य ज्ञानोदय गोल्ड्स र न्यू होराइजन विजयी भएका छन् ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको पहिलो खेलमा तिलोत्तमा टाइगर्सलाई नेपथ्यले ३५ रनमा र दोस्रो खेल एकोन च्यालेन्जर्सलाई तीन विकेटले हराउँदै न्यू होराइजन विजयी भएका हुन् ।

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको नेपथ्यले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल बनायो । जसका लागि भीम सार्कीले ४८, महेश रानाले २२ रनको योगदान गरे । बलिङतर्फ सलिम अलिले ३ विकेट लिए । जबाफी ब्याटिङमा १५६ रनको लक्ष्य पाएको तिलोत्तमाले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाएपछि हार बेहोर्नु पर्‍यो ।

१२० रन मात्रै जोड्न सकेको तिलोत्तमाका लागि सन्दीप जोराले २४, विजय प्रजापतिले २२ रन बनाए पनि जित हासिल गर्न सकेनन् । बलिङतर्फ प्रतिस जिसीले ३, करन विकले ४ विकेट लिए । पहिलो खेलमा करन विक म्यानअफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको एकोन च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो । जसका लागि राजवीर सिंहले २५ र सविनशाक्यले रन बनाए । बलिङतर्फ बाबुराम क्षेत्रीले ४, महेश भरले ३ विकेट लिए ।

जबाफी ब्याटिङमा १२६ रनको लक्ष्य न्यू होराइजनले १९ दशमलव १ ओभरमा लक्ष्य पार गर्दे ३ विकेटले जित निकाल्यो । जसका लागि विपिन रावलले ३५, मनिस थापाले २२ रन बनाए ।

वलिङमा सन्तोष यादव र एक लाख अहमदले २–२ विकेट लिए । दोस्रो खेलमा नन्दन यादव म्यानअफ द म्याच भए । सोमबारको खेल भैरहवा–११ र मणिग्राम किंग्सबीच तथा दोस्रो खेल जेभी वरियर्स र शंकरनगरबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए ।

चौथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ९ : २३ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक