टाइफाइडविरुद्धको खोप अभियान: नियमित खोपको संख्या १३ पुग्यो « Khabarhub

टाइफाइडविरुद्धको खोप अभियान: नियमित खोपको संख्या १३ पुग्यो


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीमा चैत २२ गतेदेखि टाइफाइड रोगविरुद्ध खोप दिन लागिएको छ ।

२ वटा नियमित खोपबाट सुरुवात गरिएको नेपालमा १३ औँ नियमित खोपको रुपमा टाइफाइड रोगविरुद्ध खोप लिइएको हो । सुरुवातमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

२०३४ सालबाट खोप लगान सुरु भएको नेपालमा सूरुवातमा २ वटा खोप नियमित लगाइने गरिएकोमा अहिले १३ औ खोपको रुपमा टाइफाइड रहेको छ । अहिले सम्मको तथ्याङमा रुपन्देहीमा कोही पनि खोप लगाएको कारण ज्यान गएको छैन ।

पहिलो चरणमा चैत २२ गतेदेखि बुटवल उपमहानगरपालिका, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । खोप अधिकृत भेषराज शर्माका अनुसार दोस्रो चरणमा वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने छ ।

जिल्लामा २ लाख ६६ हजार ५१८ जना लक्षित समूह रहेका छन् । उनीहरुका लागि ९६६ खोपकेन्द्रबाट खोप लगाइने जसमा १ हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना स्वास्थ्य कर्मी, सुपरिवेक्षक तथा सहयोगी संघसंस्था केन्द्रमा खटिने छन् । बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप कन्द्रहरु विद्यालयमा सञ्चालन गरिएको खोप अधिकृत शर्माले जानकारी दिए ।

देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाहरुको सहजता अनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिएको छ ।

स्थानीय तहको निर्वाचन, वैशाख महिना विद्यालयको शैक्षिक सत्रको अन्त्य हुने महिना भएको, एसईई परीक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म हुने, जेठ महिनापछि कार्यक्रम सञ्चालन गर्न वर्षायामको कारणले कठिनाइ हुने कारणले वैशाख १८ भित्र सम्पन्न गर्नुपर्ने शर्माले बताए । टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको छ ,अभियान पछि यसलाई नियमित खोपमा राखिने छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ८ : ०७ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर