प्रधानमन्त्री देउवा काँग्रेस सभापतिको हैसियतमा भाजपा कार्यालय पुगेका हुन्ः परराष्ट्रमन्त्री « Khabarhub

प्रधानमन्त्री देउवा काँग्रेस सभापतिको हैसियतमा भाजपा कार्यालय पुगेका हुन्ः परराष्ट्रमन्त्री


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा नेपाली काँग्रेसको सभापति भएर गएको स्पष्ट पारेको छ ।

आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. खड्काले देउवा प्रधानमन्त्री भएर नभई नेपाली काँग्रेसको सभापतिको हैसियतमा भाजपा मुख्यालय गएको बताएका हुन् ।

उनले काँग्रेस सभापतिका हैसियतमा प्रधानमन्त्री देउवाले भाजपाको कार्यालयमा आउनु मर्यादाविपरीत नभएको दाबी गरे ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भाजपाको मुख्यालय भ्रमणलाई कूटनीतिक मर्यादाविपरीत भएको भन्दै आलोचना भएको थियो ।

तर, परराष्ट्रमन्त्री खड्काले नेपाली काँग्रेस र भाजपाबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सभापतिकाे हैसियतमा भाजपा कार्यालय पुगेको बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : १२ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक