गरिबीको मानसिकता हटाए मात्रै कर्णाली समृद्ध बन्छः मुख्यमन्त्री शाही « Khabarhub

गरिबीको मानसिकता हटाए मात्रै कर्णाली समृद्ध बन्छः मुख्यमन्त्री शाही


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री जीवन शाहीले गरिबीको मानसिकता हटाएर कर्णालीलाई समृद्धिमा लैजानुपर्ने बताएका छन् ।

सुर्खेतमा आइतबारदेखि सुरु भएको ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ कार्यक्रममा मुख्यमन्त्री शाहीले मानसिकता नबदलेसम्म कर्णालीले समृद्धि हासिल गर्न मुश्किल रहेको बताका हुन् ।

पत्रकार विष्णु विवेकसँगको बहसमा मुख्यमन्त्री शाहीले समृद्धि र विकास हेर्न कर्णालीमा ६ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने पनि बताए । बाटो, बिजुली, विचार, वन, बजार र

व्यवस्थापनलाई ध्यान दिए कर्णालीको समृद्धि ल्याउन सम्भव रहेको उनको भनाइ थियो ।

दोभान मल्टिमिडियाले आयोजना गरेको कार्यक्रममा खबरहब, रेडियो क्यान्डिड, ईकागज र कर्णाली खबर मिडिया पार्टनर हुन् ।

आइतबार सुरु भएको कार्यक्रममा कर्णालीको पूर्वाधार विकासका बारेमा विभिन्न १२ वटा सेसन सञ्चालन हुने छन् । त्यसमध्ये आइतबार शिक्षा र यातायातको सेसन सम्पन्न भएका छन् ।

सोमबार स्वास्थ्य, जलविद्युत, मानवअधिकारलगायतका सेसन हुने छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : ३१ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक