भ्यु टावर बनाउँदैनौँ भनेर नेपाली काँग्रेसले घोषणापत्र ल्याउनुपर्छः डा. कोइराला « Khabarhub

भ्यु टावर बनाउँदैनौँ भनेर नेपाली काँग्रेसले घोषणापत्र ल्याउनुपर्छः डा. कोइराला


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्यु टावरमा होइन अस्पताल र विद्यालय निर्माणमा पैसा खर्च गर्नुपर्ने बताएका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नेता डा. कोइरालाले भ्यु टावर बनाउँदा लाग्ने खर्च अस्पताल र विद्यालयमा लगानी गर्नुपर्ने बताएका हुन् ।

उनले भ्यु टावरमा अनावश्यक खर्च भइरहेको भन्दै भ्यु टावर नबनाउने भनेर नेपाली काँग्रेसले प्रतिज्ञा गर्दै घोषणापत्र ल्याउनुपर्ने बताए ।

नेता कोइरालाले विकासका लागि पैसा छैन भनेर हामीले भन्दै आएको अवस्थामा भ्यु टावर र सडक–सडकमा गेट बनाउने कार्य रोक्नुपर्ने पनि बताएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : १६ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर