मलेसियामा कामदारको तलव बढ्यो : नेपाली श्रमिक खुसी « Khabarhub

मलेसियामा कामदारको तलव बढ्यो : नेपाली श्रमिक खुसी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको हो।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने भएको छ। अब मलेसियामा काम गर्ने सबैको तलब वृद्धि भएको छ। मन्त्रालयका अनुसार मे १ देखि श्रमिकको आधारभूत न्यूनतम तलब १५ सय रिंगिट बनाएको हो।

यस भन्दाअघि मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो। मे १ अर्थात् आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुनेगरी आधारभूत तलब बढाएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले एक सूचना जारी गर्दै श्रमिकको तलव बढेसंगै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न म्यानपावरलाई आग्रह गरेको छ।

साथै, यसअघि प्रमाणीकरणको लागि दूतावासमा पेश भएर प्रमाणीकरण नभइसकेका मागपत्रमा मागपत्र र रोजगारी सम्झौतापत्रका सम्बन्धित पेजसमेत सोही अनुसार मिलान गरी दूतावासमा पेश गर्न आग्रह गरेको छ।

मलेसियामा ३ लाख ५० हजार बढी नेपाली कार्यरत छन्। यस्तै केही अवैधानिक रुपमा बसिरहेका नेपालीहरु पनि छन्। मलेसिया नेपालीको रोजगारीको प्रमुख श्रम गन्तव्य हो।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ०९ बजे

पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ

लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि