राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा « Khabarhub

राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वअध्यक्ष राहुल गान्धी सोमबार नेपाल आइपुगेका छन्। एक साथीको विवाहमा सहभागी हुन नेपाल आएका राहुल सोमबार राति ठमेलको एलओडी क्लब पुगेका हुन् ।

सोमबार मध्यरातमा केही साथीसहित राहुल क्लबमा पुगेका हुन्। उनको साथमा २५ जना बढी साथीहरु थिए। क्लब स्रोतका अनुसार क्लबमा केही घण्टा बसेका थिए।

सोमबार दिउँसो राहुल भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन्। उनी उनकी साथी उम्निमा उदासको विवाहमा नेपाल आएको बताइएको छ।

पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा सिएनएनकी पूर्वपत्रकार समेत हुन्। सुम्निमाको विवाहमा आएका गान्धीले पाँच दिन नेपालमा बिताउने बताइएको छ।

रारा र मुस्ताङ पुगेर उनी शुक्रबार स्वदेश फर्किने तालिका रहेको छ। राहुल व्यक्तिगत भ्रमणका लागि नेपाल आएका हुन्। उनी यसअघि २०७५ साल भदौ १५ गते नेपाल आएका थिए। नेपाल हुँदै त्यो समयमा उनी कैलाश-मानसरोवर गएका थिए।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ४४ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना