गाउँमा त्यसै बगेर जाने पानी सहरमा किन्नु पर्ने रहेछ । सबैभन्दा पहिला यसको विकास तपाईंहरुले गर्नुपर्यो । सार्वजनिक ट्वाइलेटहरुमा पनि पैसा तिर्नु पर्ने हुदाँ त्यसलाई पनि कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यो तपाईंहरुले हेर्नु पर्यो । फोहोरमैलालाई कुन कहाँ फाल्ने भनी डस्बिनको पनि व्यवस्थापन गर्नु आवश्यक छ ।
मानिसहरुको थकाई मेटाउन अथवा आराम गर्ने ठाउँ पनि छैन । धेरै पार्क भएपनि पैसा तिरेर मात्र भित्र जान पाइने हुँदा त्यसप्रति पनि ध्यानाकर्षण हुनु पर्दछ । जेब्राक्रसिङमा पनि बसहरू स्पीडमा ल्याउने र यात्रुसँग नराम्रो बोल्नेलाई पनि तपाईंहरुले कसरी हेर्नुहुन्छ ? साना साना खानेकुराहरू खाने ठाँउ जहाँ स्वस्थ्य खाने कुराहरू पाइयोस् । त्यसको व्यवस्थापन गराउनु पर्यो। गाउँबाट सहरमा बस्ने ठाउँ नभएकालाई कसरी व्यवस्थापन गर्नु हुन्छ भन्ने कुरा छ ।
सरकारी कर्मचारीहरूलाई बढि बसको व्यवस्थापन छ । जुन आफ्नो इच्छा अनुसार चलाएको पाइन्छ । त्यसलाई सही ढंगले नियन्त्रण गर्न सार्वजनिक बसको राम्रो व्यवस्थापन गराएर यो समयमा यो कार्यालयमा बस जान्छ भनेर समय निर्धारण गर्यो भने त्यसले गाडी किन्ने खर्च पनि बचाउँछ । प्राइभेट स्कुलहरुले धेरै स्कुल बसहरु जम्मा पारेको छ ।
त्यसलाई बच्चाहरुलाई १५ मिनेट हिँड्न सक्ने र ठूला बच्चाहरुलाई ३० मिनेट हिँड्ने बाटोको व्यवस्थापन मिलाउन सकियो भने गाडीको जुन चाप हुन्छ, त्यो चाप बाट मुक्त हुन्छौँ । अपाङ्ग अशक्त र बुद्धहरूको लागि कस्तो बाटो बनाउने भन्ने बारेमा पनि सोच्न पर्दछ । हामीकहाँ गाडी भएका मान्छे ठूला हुने र बाटोमा हिँड्ने मानिसहरु साना र हेपिएका प्राणीमा पर्दछन् । त्यसलाई कसरी गाडीवाला मान्छेहरूबाट बचाउने भन्ने बारे चिन्तन यहाँहरूले गर्न आवश्यक छ ।
बाइकहरु धेरै भएका कारणले मान्छेहरूको पनि धेरै जाम भएको देखिन्छ । त्यसलाई हजुरहरुले कसरी क्लियर गर्ने हो, गर्नुपर्छ । बाटो यो साइकल यात्रीहरूलाई पनि हुने बाइक यात्रीलाई पनि हुने गरि व्यवस्थापन गर्न सकियो भने एकदमै राम्रो हुन्थ्यो ।
(खबरहबद्धारा आयोजित ‘काठमाडौँ उपत्यकाको सडक साइकलमैत्री बनाउने’ बारे कार्यक्रममा शिक्षाविद् कोइरालाले राखेको धारणाको सम्पादित अंशः प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया