सरकारले नौ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन « Khabarhub

सरकारले नौ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो नौ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५.०३ प्रतिशतले बढी हो ।

यस वर्ष सरकारको  चालु खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढि हो ।  

पछिल्लो नौ महिनामा सरकारको पूँजीगत खर्च १ खर्ब ३ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.९४ प्रतिशतले कम हो । 

बितेका नौ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ । 

सरकारले चालु आर्थिक वर्षको लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ५३ बजे

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको

भियतनाममा कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सुरु

हनोई– भियतनामको सबैभन्दा महत्वपूर्ण राजनीतिक मञ्च, सत्तारूढ कम्युनिस्ट पार्टीको राष्ट्रिय

मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशबाट

नेकपाले कसलाई कहाँबाट दियो टिकट ? (सूचीसहित)

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्