लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन « Khabarhub

लक्ष्य गरिएकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले लक्ष्य गरेकोमध्ये ९८.२७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।  

अर्थ मन्त्रालयका अनुसार सो अवधिमा सरकारले कूल ८ खर्ब २७ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सरकारले ८ खर्ब ४३ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्षितमध्ये ९८.२७ प्रतिशत रकम संकलन गर्न सफल भएको अर्थले जनाएको हो । 

यसवर्ष संकलन भएको राजस्वमध्ये ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर राजस्व, ६१ अर्ब ४७ करोड रुपैयाँ गैरकर राजस्व र अन्य प्राप्ति ३८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : ०५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले